तारकेश्वर नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ, २ मंसिर  ः तारकेश्वर नगरपालकिामा रहेको तारकेश्वर नागरिक समाजले शनिबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५१ जनाले रक्तदान गरेको समाजले जनाएको छ । समाजका सचिव माधव तिमल्सिनाका अनुसार महिला, पुरुष, प्रौढ लगायतका उमेर समूहका नागरिकले रगतदान गरेका थिए विभिन्न अस्पतालहरुमा ‘फ्रेस ब्लड’ को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको तिमल्सिनाले बताए । उक्त संस्थाले यसअधि पनि विभिन्न किसीमका समाजिक कार्य तथा नागरिकका सरोकारसंग सम्बन्धित विभिन्न किसीमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । रगत दान गर्नेहरुलाई रक्षामन्त्री भीमसेनदास प्रधानले प्रमाणपत्र वितरण गरे उनले एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई धन्यवाद दिए । कार्यक्रमको आयोजना गर्ने सरोकार समाजप्रति पनि उनले विशेष आभार प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?