अचेत अवस्थामा अस्पताल भर्ना गरिएका प्रचण्डपुत्र प्रकाशको निधन

काठमाडौ ३ मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको छ आइतबार विहान अचेत अवस्थामा अर्भिक अस्पताल ल्याइएको दाहालको मृत्युुको औपचारिक घोषण भने गरिएको छैन । पारिवारिक स्रोतको अनुुसार सधै पिता प्रचण्डसँग हिड्ने दाहाल सञ्चो नभएको भन्दै काठमाडौ घरमा आराम गरिरहेका थिए । झापामा रहेका प्रचण्ड केही बेरमा हेलीकप्टरमार्फत काठमार्डौ आउदैछन् भने चितवनमा रहेका रेणुु दाहाल लगायतका केही आफन्त कठमाडौँ आइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?