प्रकाश दाहालको निधनपछि चितवनमा निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित

काठमाडौं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको निधनपछि चितवनका निर्वाचन प्रचारका सम्पूर्ण कार्यक्रम स्थगित भएका छन् वाम गठबन्धनले दाहालको निधनपछि चितवनका सबै क्षेत्रमा निर्वाचनका सम्पूर्ण कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ भने चितवन ३ मा लोकतान्त्रिक गठबन्धनले पनि चुनावी कार्यक्रम स्थगित गरेको छ लोकतान्त्रिक गठबन्धनले दाहालको निधनपछि चितवनका पार्वतीपुर र वीपी नगरमा आयोजना गरिएका चुनावी सभा तथा प्रचार कार्यक्रम स्थगित गरेको जनाएको छ चितवनमा वाम गठबन्धनका कार्यक्रम औपचारिक रुपमा स्थगित भएपनि माओवादी केन्द्रका नेता समेत समेतका प्रचण्डपुत्र प्रकाशका निधनका कारण गठबन्धनका देशका विभिन्न क्षेत्रका कार्यक्रम समेत प्रभावित बनेका छन् प्रकाशको निधनपछि वाम गठबन्धनका चितवनका चुनावी कमाण्डर समेत रहेका नेता सूर्य सुवेदी ‘पथिक’ प्रचण्डपुत्री रेणु दाहाल, ज्वाई अर्जुन पाठकलगायत काठमाडौं आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?