२१ वर्षीय मानुषीलाई मिस वर्ल्डको ताज

काठमाडौँ, ३ मंसिर । भारतकी मानुषी चिल्लरले सन् २०१७ को मिस वर्ल्डको ताज जित्न सफल भएकि छिन् सन् २००० मा प्रियंका चोपडाले यो ताज जितेको १७ वर्षपछि भारतले पुन यो उपाधि हात पारेको हो चीनको सान्या सहरमा आयोजित भव्य कार्यक्रमबीच विभिन्न देशका १०७ प्रतिस्पर्धीलाई पछि पार्दै मानुषी चिल्लरले यो उपाधिमाथि कब्जा जमाएकि छिन् उनलाई सन् २०१६ की मिस वर्ल्ड प्युट्रो रिकोकी स्टेफेनी डेल भालेले ताज पहाराइ दिइन् २१ वर्षीय चिल्लर हरियाना राज्यका हुन् । उनी यसअघि फेमिना मिस इन्डिया घोषित भएकी थिइन् । उनी हाल दिल्लीमा बस्दै आएकी छिन् । सोनीपतको मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छिन् २०१७ मिस वर्ल्डमा नेपालको तर्फबाट निकिता चन्दक सहभागि भएकि थिइन् । उनी टप ४० सम्म पुग्न सफल भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?