काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोराको शब श्रद्धान्जलिका लागि पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडा लगिएको छ अध्यक्ष प्रचण्ड नर्भिक अस्पतालमा आएर छोराको शब हेरेपछि शबबाहनमा राखेर शब पेरिसडाँडा लगिएको हो । दिउँसो ४ बजेसम्म श्रद्धान्जलिका लागि पेरिसडाँडामा राखेर त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ चुनावी प्रचारका क्रममा रहेका अध्यक्ष दाहाल छोरा प्रकाशको असामयिक निधन भएपछि झापाबाट काठमाडौं आई थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए झापाबाट हेलिकोप्टरमार्फत सिधैं लाजिम्पाटस्थित निवास पुगेका प्रचण्डले घटनाबारे परिवार र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेर श्रीमती सिता र छोरी रेणुसहित नर्भिक पुगेका थिए राति खाना खाएर घरमा नै सुतेका प्रकाशलाई राति नै हृदयघात भएको र अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको नर्भिक अस्पतालले औपचारिक जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया