पुत्रशोकमा परेका प्रचण्ड परिवारलाई भेटेर राष्ट्रपतिद्वारा भेटेरै समवेदना व्यक्त

काठमाडौं, ३ मंसिर । राष्ट्रपति विद्या भण्डारीले छोरा प्रकाश दाहालको हृदयघातबाट आकश्मिक मृत्यु भएपछि पुत्रशोकमा डुबेका माओवादी केन्द्रका अध्यक्ष पुष्टकमल दाहाल ‘प्रचण्ड’ र परिवारलाई भेटेरै समवेदना व्यक्त गरेकी छन् अध्यक्ष प्रचण्डलाई भेट्न उनी आफू लाजिम्पाटस्थित प्रचण्ड निवासमा पुगेकी थिइन् । चुनावी प्रचारका क्रममा झापामा रहेका प्रचण्ड छोराको निधनको खबर पाएलगत्तै आइतबार बिहान हेलिकप्टरमार्फत काठमाडौं आएका थिए उनी सिधै अस्पताल नगई निवासमा पुगेका थिए । उनलाई राष्ट्रपति भण्डारी सोही समयमा भेटेर समवेदना व्यक्त गरेकी हुन् दाहालको शबलाई अहिले अन्तिम श्रद्धान्जलिका लागि पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा राखिएको छ । दिउँसो साढे ३ बजेसम्म अन्तिम श्रद्धान्जलि अर्पण गरेपछि आजै ४ बजेपछि पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?