पेरिस, ३ मंसिर । लेबनानका प्रधानमन्त्री साद अल–हरिरीले स्वतन्त्रता दिवसका दिन स्वदेश फर्किएर आफ्नो अवस्थाबारे जानकारी गराउने भएका छन् । साउदी अरबको भ्रमणमा रहेका बेला गत साता राजीनामा दिएका उनी हाल फ्रान्समा रहेका छन् उनको राजीनामापछि राजनीतिक संकट गहिरिएको छ । राजनीतिक संकट समाधान गर्ने कोशिसमा रहेका हरिरीले पेरिसमा फ्रान्सका राष्ट्रपतिसँगको कुराकानीपछि स्वदेश फर्किएका यथार्थ अवस्था जानकारी गराउने बताएका हुन् उनले पत्रकारहरुसँग भने, ‘तपाईहरुलाई मैले राजीनामा दिएको थाहा छ, र राजीनामा बारेमा म लेबनानमा फर्किएर नै कुरा गर्नेछु ।’ उनले आफूले अर्को कुनै पनि कदम उठाउनुअघि लेबनानी राष्ट्रपति मिशेल आउनलाई भेट्ने बताएका छन् हरिरीले साउदीबाट नै राजीनामा दिएपछि उनलाई नजरबन्दमा राखिएको आशंका गरिएको थियो । यद्यपि उनले यसको खण्डन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया