काठमाडौं, ३ मंसिर । प्रकाश दाहालको निधनका कारण विभिन्न जिल्लामा चुनावी कार्यक्रम स्थगित भएको खबर आउन थालेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन सम्बन्धि कुनै पनि कार्यक्रम नरोक्न निर्देशन दिएका छन् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तय गरिएको सबै कार्यक्रमहरुलाई निरन्तरता दिन अध्यक्षले सिंगो पार्टी कमिटीलाई निर्देशन दिएको पार्टीका प्रवक्त पम्फा भुसालले जानकारी दिएकी छिन् भुसालले भने, ‘विभिन्न जिल्लामा चुनावी कार्यक्रमहरु रोकिएको समचार आएको छ ।’ साथै ‘अध्यक्ष कामरेड प्रचण्डले चुनावसम्बन्धी कुनै पनि कार्यक्रम नरोकन निर्देशन दिएका छन् ।’प्रचण्ड पुत्र प्रकाशको निधन भएको खबर सुनेलगत्तै विभिन्न जिल्लामा रहेका माओवादी नेताहरु कार्यक्रम स्थगित गरेर राजधानी आएका छन् अहिले पार्टी कार्यालय पेरिसडाँडामा प्रकाश दाहालको शव श्रद्धान्जलिका लागि राखिएको छ साथै, अपरान्ह ४ बजे पशुपतिमा दाहालको अन्त्येष्टि गरिने माओवादीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया