राहत वितरणका क्रममा भागदौड हुँदा मोरोक्कोमा १५ जनाको मृत्यु

एजेन्सी, ४ मंसिर । मोरक्कोमा राहतमा आएको खाद्यान्न सामग्री वितरण भइरहेको ठाउँमा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने अन्य ४० भन्दा बढी घाइते भएका छन् एसुएरा प्रान्तको सिदी बोउलालम शहरमा स्थानीय निजी सहयोगी संस्थाले राहत सामग्री बाँडिरहेका बेला भागदौड मच्चिएको हो । सो क्रममा मारिनेमा धेरैजसो महिला र वृद्धवृद्धा रहेका छन् । भागदौड मच्चिनुको कारण भने खुलेको छैन सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा महिला र वृद्धबृद्धाहरुको शब देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?