काठमाडौं, ४ मंसिर । आफ्ना एकमात्र छोराको निधनपछि पुत्रशोकमा डुबेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि मंगलबार चितवनमा हुने चुनावी सभामा सहभागी हुने भएका छन् प्रचण्डपुत्र प्रकाशको आइतबार बिहान आकस्मिक हृदयघातबाट मृत्यु भएपछि चितवनको ५ गतेको चुनावी स्थगित गर्ने बताइएपनि प्रचण्डकै क्षेत्रमा हुने सो सभा स्थगित नगर्न आग्रह गरेपछि सभाको आयोजना गर्न लागिएको हो सो सभामा पहिले प्रचण्डपुत्र प्रकाशकालाई श्रद्धान्जलि दिइनेछ । सो सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं सहभागी भने हुने भएका हुन् यद्यपि सभालाई एमाले अध्यक्ष केपी शर्मां ओली र माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले सम्बोधन गर्नेछन् । उनी पनि चितवनकाम स्थायी बासिन्दा हुन् आगामी मंसिर १० र २१ मा गरी दुई चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अघि बढिरहेका बेला आइतबार प्रचण्डपुत्र प्रकाशको आकस्मिक मृत्यु भएपछि प्रचण्ड परिवार र चितवन नै शोकमा डुबेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया