१० वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार घरदैलोमा सकृय, कसको कार्यक्रम कहाँ–कहाँ ?

काठमाडौं, ४ मंसिर । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै काठमाडौंमा वाम गठबन्धनका उम्मेदवारहरु चुनावी प्रचारका लागि घरदैलो र मतदाता भेटघाटमा केन्द्रीत भएका छन् आ–आफ्ना क्षेत्रका विकास निर्माण, वडा र टोलका विविध समस्या समाधान गर्ने एजेण्डा र प्रतिवद्धतासहित वाम गठबन्धनका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रीत भएको हो । १० ओटै निर्वाचन क्षेत्रका उम्मेदवारहरु बिहानैदेखि घरदैलो कार्यक्रममा सकृय भएका छन् नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं–२ नम्बर क्षेत्र स्थित कोटेश्वरको महादेवस्थानबाट तिनकुने सुविधानगरसम्म घरदैलो र मतदाता भेटघाट गरेका छन् । सेतीओपीमार्ग कोटेश्वर चोकहुँदै घरदैलो सुविधानगरमा पुगेर सम्पन्न भएको हो वरिष्ठ नेता नेपालसँगै प्रदेशसभा (क)का उम्मेदवार सानुकुमार श्रेष्ठ पनि सहभागी भएका थियो । पूर्वप्रधानमन्त्री नेपाललाई घर–घरबाट मतदाताहरुले सडकमा ओर्लिएर स्वागत गरेका थियो । कतिपय वृद्ध–वृद्धाले नेपाललाई मुलुकको नेतृत्व गर्नका लागि शुभकामनासमेत दिनुभएको थियो घरदैलोमा उनले मतदाहरुमाँझ आफ्ना भावी योजनाका बारेमा अवगत गराएका थियो । आफु ३४ वर्षदेखि कोटेश्वरकै स्थानीयबासी भएका कारण स्थानीय समस्याबारे जानकार भएकाले आगामी दिनमा समाधानका लागि पहल लिने प्रतिबद्धता व्यक्त गरे । दुई नम्बर क्षेत्रमा भएको विकास निर्माणको हरेक काममा आफ्नो संलग्नता रहेको भन्दै उहाँले आगामी दिनमा पनि स्थानीय स्तरमा देखिएका हरेक समस्या समाधानको अगुवाई गर्ने पनि बताए नेता नेपाल र श्रेष्ठले सोमबार साँझ ४ बजेदेखि कोटेश्वरमा रहेको पार्टी कार्यालयदेखि नरेफाँटसम्म घरदैलो कार्यक्रम गर्नुहुनेछ त्यस्तै, महासचिव ईश्वर पोखरेलले पनि निर्वाचन नजिकीएसँगै घरदैलो कार्यक्रमलाई बढाउँदै लैजान गरेको छ । पोखरेलले सोमबार बिहान पाँच नम्बर क्षेत्रका मतदातासँग भेटघाट गर्नु गरेका छन् । उनले सोमबार अन्नपूर्ण मार्ग उपभोक्ता समितिसँग सुकेधारामा भेटघाट र छलफल गरेका छन् । समितिसँगको भेटघाट सकिएलगत्तै पोखरेल काठमाडौं चण्डोलमा घरदैलो कार्यक्रममा सहभागी भएका थिए उनले घरदैलो कार्यक्रमका क्रममा स्थानीय स्तरमा हुने विविध विकास निर्माणको काममा आफुले जिम्मा लिने प्रतिवद्वता जनाए । पाँच नम्बर क्षेत्रको विकास निर्माण गर्नु, उक्त क्षेत्रलाई सम्बृद्व बनाउनु एक मात्र उद्देश्य भएको भन्दै आफ्नो उद्देश्य पुरा गर्न स्थानीय मतदाताको सहयोगको अपेक्षा गरेको बताए उनले भने,‘यो क्षेत्रमा विकास निर्माणका काम के के भएका छन्, हुनुपर्ने के के छ, त्यसका बारेमा म जानकार छु, यहाँको समस्याको बारेमा पनि म जानकार छु, त्यसैले तपाईहरुले भोग्दै आएको समस्या समाधान गर्ने अवसर दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’नेता पोखरेलको सोमबार दिउसो साढे ३ बजेदेखि पुन घरदैलो कार्यक्रम गर्ने भएका छन् । त्यो समयमा उनले चुनदेवि लगायत क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम रहेको छ त्यस्तै क्षेत्र नं ४ मा वाम गठबन्धनकातर्फबाट एमालेका उम्मेदवार डा. राजन भट्टराईले पनि चुनावी अभियान तथा घर दैलोलाई तिव्रता पारेको छ भट्टराईले सोमबार बिहान बुढानिलकण्ठ नगरपालिका वडा नं–१० को बालुवाखानी, लसुनटार र जोरधाराका मतदातासगं भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् भेटघाटका क्रममा नेता भट्टराईले बुढानिलकण्ठ नगरपालिकाको घोषणा पत्र नै आफ्नो घोषणापत्र भएको बताउदै घोषणपत्र बमोजिम यो क्षेत्रको समृद्धि र बिकासका लागि लागी पर्ने बताए । उनले भने, यो क्षेत्रको विकासका काममा जनप्रनिधि भएर काम गर्ने छु, ,अमूल्य मत दिएर सेवा गर्ने अवसर प्रदान गनुहुनेछ भन्नेमा विश्वस्त छु ।’त्यस्तै, क्षेत्र नं ९ का उम्मेदवार एमाले नेता कृष्ण गोपाल श्रेष्ठले पनि चुनाब प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । सोमबार बिहान प्रदेश सभा (क) उम्मेदवार डा. अजय क्रान्ती शाक्य सहितको टोलीले बल्खु लगायत वडा नं १२, २१ र २२ मा घर दैलो कार्यक्रम सम्पन्न गरे साथै, सोमबार दिउसो दहचोक र भिमढुगांका विभिन्न स्थानमा कोठेभेला, घरदैलो र भेटघाट कार्यक्रम सम्पन्न गरेका छ काठमाडौं क्षेत्र नं ९ का एमाले नेता जिवनराम श्रेष्ठले पनि चुनावी प्रचारप्रसार, भेटघाट तथा घरदैलोलाई अगाडी बढाएको छ नेता श्रेष्ठले सोमबार बिहान प्रदेश सभा (क)का उम्मेदवार राजेश शाक्य सहितले वडा नं १९ को मरुहिटी, गणेश मन्दिर, चसान लगायतका स्थानमा घर दैलो सम्पन्न गरेका छन् घरदैलोका क्रममा स्थानीयको उल्लेख्य सहभागीता रहको थियो । नेता श्रेष्ठले आफु यहि स्थानमा जन्म, पढी बढी हुर्केकाले यो स्थानको माया साथै यो स्थानका समस्याका बिषयमा आफु जानकार भएको बताए एकपटक मौका दिनुहोस यो ठाउको मुहार फेर्छु , उनले भने नेता श्रेष्ठको सोमबार दिउसो ३ बजेदेखि पुन घरदैलो कार्यक्रम रहेको छ । त्यो समयमा उनले डल्लुआभास, भिमसेन लगायतका स्थानमा कोठेभेला, टोलभेला गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, काठमाडौं क्षेत्र नम्बर १, ३, ६ र १० मा पनि वाम गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?