अग्रवाल अपहरणका मुख्य योजनाकारलाई केपी ओलीको फुलमाला

विराटनगर, ४ मंसिर । विराटनगरका उद्योगी तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार उमेश गिरीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला र टीका लगाएर पार्टीमा प्रवेश गराएका छन् नेपाली कांग्रेसको संरक्षणमा अपहरण, फिरौती काण्ड र बुथ कब्जा लगायतका अनैतिक क्रियाकलापमा विवादित रहेका गिरीलाई एमाले अध्यक्ष ओलीले सोमबार विराटनगरमा आयोजित गरिएको एक कार्यक्रममा टीका र माला लगाएका हुन् एमालेमा उमेश गिरीसँगै पूर्वगृहराज्यमन्त्री भीमलाल राजवंशी पनि प्रवेश गरेका छन् । विराटनगरको शान्तिचोकमा आयोजित चुनावीसभा कार्यक्रममा गिरी र राजवंशीसहित अन्य केही व्यक्तिहरु पनि एमालेमा प्रवेश गरेका हुन् अपहरण काण्डका योजनाकार उमेश गिरी को हुन् ?नेपाली कांग्रेसका उमेश गिरीले मण्डले–कुण्डले परिचालन गरेर गुण्डागर्दी गर्दै विराटनगरमा सत्ता स्थापना गरेका थिएगिरी विराटनगरका चर्चित व्यवसायी तुल्सीराम अग्रवालको अपहरण काण्डका मुख्य योजनाकार रहेको मानिन्छन् । खुमबहादुर खड्का गृहमन्त्री भएका बेलामा विराटनगरमा उमेश गिरीको गुण्डा राज चलेको थियो खुकबहादुर गृहमन्त्री भएका समयमा एन.आई.सी बैंक, कमला रोलिङ लगायतका उद्योग व्यवसायमा संलग्न रहेका विराटनगरका ख्यातिप्राप्त उद्योगपछि तुल्सीराम अग्रवाल विराटगरको रोडसेस चोकबाट अपहरणमा परेका थिए ।अग्रवाल मर्निङवाक गएका बेला मारुती भ्यानमा हालेर गिरीको समूहले अपहरण गरेका थिए । उनीसँग पाँच करोड फिरौती लिएर छाडिएको बताइने गरेको छ उमेश गिरीको विराटनगरमा चलेको गुण्डागर्दीबारे एमालेले बेलाबखत काठमाडौंमा संसदसमेत तताउने गरेको थियो । गुण्डागर्दीमा संलग्न रहेको भन्दै एमाले नेताहरुले गिरीमाथि कारवाही गर्न पटक–पटक माग गरेका थिए । तर, उनै व्यक्तिलाई अहिले एमाले अध्यक्ष ओलीले फूलमाला लगाएर प्रवेश गराएको छ ।पहिलो स्थानीय चुनावका समयमा दक्षिणी मोरङका विभिन्न ठाउँमा उमेश गिरीको समूहले एमाले कार्यकर्ताहरुलाई लखेटेर बुथ कब्जा समेत गरेको थियो । गिरीले बुथ कब्जा गरेपछि मदन भण्डारीले ती स्थानको मतगणना बहिस्कार गर्ने निर्णय गरेपछि त्यहाँ कांंग्रेसको पक्षमा एकलौटी नतिजा सुनाएको थियो ०४६ को जनआन्दोलनपछि स्व.गिरिजाप्रसाद कोइरालाको संरक्षण पाएका थिए भने ०४८ को आमनिर्वाचन, ०५१ को मध्यावधि २०५४ को स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउने गिरीले निकै ठूलो धाँधली गरेका थिए ।उमेशले कांग्रेसका तर्फबाट सरकारमा रहेका (अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार) समूहको हितका लागि आरएसएस (रामचन्द्र पौडेल, शैलजा आचार्य र शेरबहादुर देउवा) विरुद्ध काम गरेका थिए ०५१ को मध्यावधि निर्वाचनमा मोरङ–७ मा शैलजालाई हराउन गिरीले बागी उम्मेद्वारी दिएका थिए । यद्यपि सो चुनावमा शैलजाले १३ हजार मत पाएर जितिन् भने नेपाली कांग्रेस (वीपी) का तर्फबाट उम्मेदवारी दिएका गिरी ७ हजार मतका साथ दोस्रो भए ।विराटनगरमा उमेश गिरीलाई त्यस समय ‘गुण्डाहरुको नाइके’ नै मान्ने गरिन्थ्यो । उमेशकै छत्रछायाँमा पर्शुराम बस्नेत, अभिषेक गिरी, सञ्जय थापा, विनायक पन्त, अशोक हुमागाईं ‘छोटा गुण्डा’हरू हुर्किएको बताइन्छ पछिल्लो समयमा भने उमेर गिरी सामान्य अवस्थामा जिवन व्यतित रहँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?