अर्घाखाँची, ६ मंसिर । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अर्घाखाँचीमा राप्रपाले नेपाली काँग्रेसलाई सहयोग गर्ने भएको छ राप्रपा र काँग्रेसबीच भएको संयुक्त वैठकपछि राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिने र काँग्रेसलाई सहयोग गर्ने सहमति बनेको हो चार बुँदे सहमति पत्रमा कांग्रेस अर्घाखाँचीका कार्यवाहक सभापति शान्ता भण्डारी र राप्रपा अध्यक्ष दीपक कुँवरले हस्ताक्षर गरेका छन् । प्रदेशसभामा राप्रपा अध्यक्ष दीपक कुँवर आफै उम्मेदवार थिए सहमति अनुसार प्रदेशसभामा उम्मेदवारी दिएका राप्रपाका कुँवर र अमर थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसका उम्मेदवारद्वय विष्णु मुस्कान र हिम्मतबहादुर खड्कालाई सघाउने छन् अब दुवै पार्टीले संयुक्त चुनाव प्रचार अभियान चलाउने र दुवै पार्टीबाट २–२ जना रहेको निर्देशक समिति समेत गठन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया