पैसा बाड्दै गर्दा फेरी कांग्रेस कार्यकर्ता समातिए

जाजरकोट , ९ मंसिर । जाजरकोटका विभिन्न ठाउँमा मतदातालाई रकम दिएर भोट किन्ने काम भईरहेको नेपाली कांगे्रसलाई आरोप लागिरहदा भेरी नगरपालिका वडा ३ मा शनिवार दिउँसो ३८ हजार रुपैया कव्जा भएको छ वाम गठवन्धनका यूवाहरुले काग्रेस निकट कार्यक्रताले रकम वाँडिएको सुचना पाएपछि खलंगाको स्यालामा जाँदा वाँडदै गरेको सो रकम कव्जामा लिएको विश्वविक्रम शाहले बताए हिजो मात्र वडा १ मा ७१ हजार रुपैय, कुदुमा २० हजार , पुन्मा ४० हजार वाँड्दै गर्दा कव्जा गरिएको वामगठवन्धनले जनाएको छ । त्यस्तै त्रिवेणी नलगाड नगरपालिका वडा ८ का काव्रा, हल्चौर र गराला लगाएतका ठाउँमा प्रतिव्यक्ति रु ५ सयका दरले रकम वाँडिएको खुलासा भएको छ । शुक्रवार राती वसेको वैठकले आवश्यक रकम काग्रेसका जिम्मेवार कार्यक्रतालाई उपलव्ध गराएर वितरणको काम भएको नेपाली कांगे्रस निकटका जनक विकले बताए । उनले आफुलाई ५ हजार रकम वाँड्नका लागि दिएको बताए वाईसियल त्रिवेणी नलगाड नगरपालिका सदस्य जसुन्त विकको श्रीमतीलाई रु १ हजार दिएको तर आफुले सो रकम श्रीमतीलाई दिएको थाह पाएपछि फिर्ता गरेको उनले बताए दिन भरी भोट आफ्नो पक्षमा पार्नका लागि कांग्रेसका हिरालाल खत्री, तिलक खत्री, गमवहादुर खत्री र वडा नं ८ का वडा अध्यक्ष गोविन्द शाही लगाएको टिम मोटो रकम वाँडदै हिडेको स्थानीय जनक विकले बताए कार्यखेतमा गएराती रकम वाँडफाँडमा कुरा नमिलेपछि वडा अध्यक्ष शाहीको घरमा झगडा समेत परेको खुलासा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?