प्रदर्शन हिंसा चर्किएपछि इस्लामाबादमा सेना परिचालनको आदेश

इस्लामाबाद, १० मंसिर । इस्लामबादीहरुको प्रदर्शन र हिंसा चर्किएपछि पाकिस्तानको राजधानी इस्लामाबादमा सरकारले सेना परिचालन गरेको छ फैजाबादस्थित एउटा प्रमुख राजमार्गमा धर्ना दिइरहेका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न खोज्दा करिब २ सय जना घाइते भएका छन् ईश्वर निन्दा गरेको भन्दै कानूनमन्त्री जाहिद हामिदको राजीनामा माग गर्दै प्रदर्शनकारीले तीन साताभन्दा लामो समयदेखि राजमार्ग अवरुद्ध पारेर धर्ना दिँदै आएका छन् पाकिस्तानी सञ्चारमाध्यमहरुले प्रदर्शनकारीहरु पञ्जाबस्थित कानूनमन्त्रीका घरमा आक्रमण गर्न पुगेको जनाएका छन् । यद्यपि मन्त्री हामिद र उनको परिवार घरमा नभएका कारण कुनै क्षति भएन प्रदर्शनकारीहरु लहोर र दक्षिणी बन्दरगाह शहर कराचीसम्म फैलिएका छन् । पाकिस्तान सरकारले शनिवार साँझ सेनालाई इस्लामाबादमा परिचालित हुन भनेको हो अवरोध हटाउन नसकेपछि स्थानीय अधिकारीहरुको आग्रहमा सेना परिचालनका लागि आदेश जारी गरिएको गृहमन्त्रालयले जनाएको छ । सेनाले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन शनिवार प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षा फौजले अश्रु ग्यास र रबरको गोली प्रहार गरेका थिए भने प्रदर्शनकारीले ढुंगामुढा गर्नुका साथै अश्रु ग्यास फर्काएका थिए फैजाबादस्थित राजमार्गबाट प्रदर्शनकारीलाई हटाउन साढे आठ हजार विशेष प्रहरी र अर्धसैनिक बल खटाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?