काठमाडौं, मंसिर १० । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आज पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान भइरहेको छ निर्वाचन आयोगस्थित संयुक्त निर्वाचान सञ्चालन केन्द्रबाट प्राप्त भएको पछिल्लो जानकारी अनुसार, दिउँसो १२ः३० बजेसम्म ४० प्रतिशत मतदान भएको बताइएको छ साथै, सबैभन्दा बढी मनाङमा ५० प्रतिशत मतदान भएको छ पहिलो चरणमा प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदै छ बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था समेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया