१२ः३० बजेसम्म ४० प्रतिशत मतदान, सबैभन्दा बढी मतदान मनाङमा

काठमाडौं, मंसिर १० । प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको पहिलो चरणको निर्वाचन ३२ जिल्लामा जारी छ । आयोगका अनुसार दिउँसो १२ः३० बजेसम्म ४० प्रतिशत मतदान सम्पन्न भएको छ दिउँसो १२ बजेसम्म ४० प्रतिशत मतदान भएको आयोगले जनाएको छ । साथै सबैसभन्दा बढी मनाङमा ५० प्रतिशत मतदान सम्पन्न भएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ बिहान ७ बजेदेखि साँझ ५ बजेभित्र सम्बन्धित मतदानस्थल प्रवेश गर्नेले मतदान गर्न पाउने आयोगले जनाएको छ आयोगका अनुसार बिहान ७ बजेदेखि कुनै–कुनै मतदान केन्द्रमा छुटफुट घटना बाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ प्रतिनिधिसभातर्फ ३२ जिल्लाका ३७ र प्रदेशसभातर्फ ७२ सिटका लागि मुलुकका हिमाली जिल्लाहरुमा मतदान जारी छ अन्य ४५ जिल्लामा भने मंसिर २१ गते दोस्रो चरणमा मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?