काठमाडौं, १० मंसिर । आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा नेपालले आइतबार चीनविरुद्ध ५० रनको जित हात पारेको छ थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २ रन बनाएपछि चीनले १ सय ३ रनको लक्ष्य पाएको थियो जवाफमा १०३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चीन १८ ओभर २ बलमा अलआउट हुँदै ५२ रनमा समेटिएपछि नेपालले जित हात पारेको हो निकै खराब प्रदर्शन गर्दै कुनै समय १० ओभरमा ६ विकेट गुमाएर २५ रन मात्र बनाएको चीनका लागि हान लिलिले १५, कोयायुन झौले १० र जाङ याङलिङले ९ रन बनाए पनि अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् चीनलाई सस्तैमा समेट्न वुमन अफ दि म्याच बनेकी सबनम राई र कप्तान रुविना क्षेत्रीले समान ३–३ विकेट लिए भने सीता राना मगरले २ र करुणा भण्डारीले १ विकेट लिए यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १०२ रन बनाएको थियो चीनविरुद्ध नेपालले खराब सुरुवात गरेको थियो । नेपालले मात्र २० रन जोड्दा दुई ओपनर सीता राना मगर र ज्योती पाण्डे आउट भएका थिए सीता ४ रनमा आउट भइन् भने ज्योतीले ९ रन जोडिन् । तर, पछिल्लो क्रममा ब्याटिङ गर्न आएकी नेपालकी कप्तान रुविना क्षेत्रीले अविजित १८ तथा मध्यक्रमकी ब्याट्सवुमन काजल श्रेष्ठले १६ र नेरी थापाले ११ रन बनाएपछि नेपाल सम्मानजनक स्कोरतर्फ अघि बढेको थियो यस्तै, नेपालकी सरिता मगरले ८, इन्दु बर्मा र रिता कुमारी कनुजियाले समान ६–६ रन जोड्दा रोमा थापा ३ रनमा पेभेलियन फर्किइन् । करुणा भण्डारी २ रनमा अविजित रहिन् चीनकी झाङ सियानसीले तीन तथा लि होई, मिंग्यु झू र हान लिलीले समान एक एक विकेट लिए । अन्तिम खेलमा चीनमाथि जित निकालेपनि नेपाल नेदरल्याण्डमा हुने विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्न सकेन । अब नेपालले तेस्रो स्थानको लागि सोमबार थाइल्याण्ड र हङकङमध्ये एउटा टिमसँग खेल्नेछ ग्लोबल छनोटमा पुग्न नेपाललाई छनोटको शिर्ष दुईमा पुग्नुपर्ने हुन्थ्यो । तर, छनोटमा नेपाल ६ अंक जोडेर तेस्रो स्थानमा मात्र उक्लन सक्यो आइतबार नै भएको खेलमा युएईले मलेसियालाई पराजित गरेपछि नेपालको सम्भावना समाप्त भएको हो । नेपालले प्रतियोगिताको दुई खेलमा जित र एक हार बेहोर्दा दुई खेलमा अंक बाँडेको थियो नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्ड र दोस्रो खेलमा हङकङसँग एक एक अंक बाँडेको थियो । तेस्रो खेलमा युएईसँग ५ रनले पराजित भएपछि नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बनेको थियो नेपालले शुक्रबार मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित निकालेको थियो । छनोटमा युएईले ८ अंक जोडेर ग्लोबल छनोटमा स्थान बनायो अब आयोजक थाइल्याण्ड र हङकङबीचको खेलपछि ग्लोबल छनोटमा पुग्ने अर्को टोलीको तय हुनेछ । ग्लोबल छनोटको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया