खोटाङ, १० मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा अन्तर्गत खोटाङको दिप्रुङ गाउपालिका–७ टेम्मास्थित शान्ति मावि केन्द्रमा विवाद भएपछि त्यहाँको मतदान स्थगित भएको छ आफूले इच्छाइएको व्यक्तिमार्फत मतदान गर्न पाउने वा नपाउने भन्ने विषयले उग्ररुप लिन थालेपछि मतदान स्थगित गर्नुपरेको बताइएको छ इच्छाइएको व्यक्तिले मतदान गर्न पाइने सहमति भएपछि एकै व्यक्तिले बारम्बार मतदान गरेको विषयमा विवाद भएको थियो वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच सुरु भएको विवादले उग्ररुप लिएपछि झडपको अवस्था सिर्जना भएपछि निर्वाचन सामाग्री सुरक्षित गरी मतादन स्थगित गरिएको भनि सूचना टाँस गरिएको जानकारी आएको निर्वाचन अधिकारी दिनेश खत्रीले बताएका छन् पुनः मतदान सुरु गराउने विषयमा सदरमुकाममा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिश किशोर घिमिरे, प्रमुख जिल्ला अधिकार एकदेव अधिकार लगायतका सुरक्षा समितिबीच छलफल भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया