काठमाडौँ, १० मंसिर । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस पार्टीले पुनःएकपटक कम्युनिष्ट अधिनायकवाद विरुद्ध लड्नुपर्नेे बेला आएको बताएको छ नेपाली काँग्रेस निर्वाचन परिचालन समितिअन्तर्गत प्रचारप्रसार उपसमितिद्वारा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा समितिका संयोजक तथा पूर्वमन्त्री बालकृष्ण खाँणले अहिलेको निर्वाचन लोकतन्त्रवादी र वामपन्थीबीचको जनमत संग्रह भएको सो धारणा व्यक्त गर्दै वामपन्थी शक्तिबाट लोकतन्त्र खोसिनसक्ने र पुनःप्राप्तिका लागि काँग्रेसले संघर्ष गर्नुपर्ने बताए नेता खाँणले खोसिएको लोकतन्त्र जनताको हातमा फर्काउन पुनःकाँग्रेसले केही समय संघर्ष गर्नुपर्ने भएकाले विभिन्न पेशा र व्यवसायमा आबद्ध अर्थशास्त्री, विश्वविद्यालयका पूर्वउपकूलपति, पूर्वप्रशासक, गभर्नर एवं पत्रकारलाई सजग र सर्तक रहन आग्रह गरे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले लोकतन्त्रमा मात्र विधिको शासन हुने बताए उनले अधिनायकवादी चरित्र भएका व्यक्तिले प्रजातन्त्र फस्टाउन नदिने बताउँदै अधिनायकवाद लागू भएमा मुलुक उत्तरकोरीया र क्युवामा रुपान्तरण हुने संकेत पनि गरे राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र पुरुष ढकालले अधिनायकवादी शासन व्यवस्था लागू भए मुलुकमा स्थापित उद्योग राज्यले निजीकरण गर्ने र व्यक्तिको आफ्नो निजी सम्पत्ति नहुने बताए काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्माले लोकतान्त्रिक शासन व्यवस्थामा मात्र जनताका अधिकार सुनिश्चित हुने बताए पूर्व मुख्य सचिव विमल कोइरालाले काँग्रेस लोकतन्त्रको पर्यावाची भएको बताए । पूर्वराजदूत डा दुर्गेसमान सिंह, कानून व्यवसायी प्रेमबहादुर खड्कालगायतले लोकतन्त्रको अपरिहार्यता बारे चर्चा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया