काठमाडौं, ११ मंसिर । सर्लाही क्षेत्र नम्बर ४ मा वाम गठबन्धन उम्मेदवारविहीन बन्न पुगेको छ । सो क्षेत्रमा माओवादी केन्द्रबाट शिवपुजन यादव वाम गठन्धनबाट उम्मेदवार रहेका थिए निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेपछि सो क्षेत्रमा वाम गठबन्धन उम्मेदवारविहीन बनेको हो । उनीविरुद्ध स्वतन्त्र उमेदवार गणेशकुमार सिंहले जिल्ला निर्वाचन कार्यालय र अनिलकुमार सिंहले निर्वाचन आयोगमा कात्तिक १९ गते उजुरी दिएका थिए आयोग उनीहरुको उजुरीपछि समेत मौन बसेपछि सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्चले निर्वाचन आयोगलाई कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ मागेको थियो लिखित जवाफ पेश गर्नुअघि नै आयोगले उनको उम्मेदवारी खारेज गरेको छ । उनको उम्मेदवारी खारेजभएलगत्तै सो क्षेत्रमा वाम गठबन्धन प्रत्यक्षतर्फ उम्मेदवार बिहीन बन्न पुगेको हो सो क्षेत्रमा अब कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरमका तर्फबाट सभासद रहेका उनीमाथि कूटनीतिक पासपोर्ट दुरुपयोग गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको थियो । त्यसविरुद्ध उनले दिएको मुद्दा पुनरावेदन अदालतमा विचाराधिन रहेको छ निर्वाचन ऐनमा सर्वोच्च अदालतबाट अन्तिम फैसला भई दोषी भएका व्यक्ति उम्मेदवार बन्न नपाउने प्रावधान रहेको छ । तर आयोगले सर्वोच्चमा मुद्दा विचाराधीन रहँदा तनहुँ २ मा गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरेको थियो जोशीलाई विशेष अदालतले भ्रष्टाचारको मुद्दा दोषी ठहर गरेपनि सर्वोच्चमा उनको पनि मुद्दा विचाराधिन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया