दक्षिण अफ्रिकामा १६ दिने लैङ्गीक हिंसा विरुद्धको अभियान शुरु

केपटाउन, ११ मङसिर । दक्षिण अफ्रिकामा लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ अभियान विषेश गरेर महिला र बालबालिका विरुद्ध हुने हिंसाका विषयमा जनचेतना जगाउनेमा केन्द्रीत हुने अभियान्ताहरुले बताएका छन् दक्षिण अफ्रिकामा हरेक दिन महिला र बालबालिका विरुद्धमा हिंसा हुनेगरेको सरकारी अधिकारीहरुले बताएका छन् अभियानको सुभारम्भ कार्यक्रममा एक उच्च अधिकारीले भने, “यसलाई अब हामीले न्यूनीकरण गर्दै लैजानु पर्दछ, त्यसका लागि यस्ता अभियानहरु निरन्तर चलाईनु पर्दछ ।”उनले यस वर्ष विशेष गरेर विद्यालयहरुलाई लक्षित गरी अभियान चलाएमा कम्तीमा विद्यालयहरु हिंसा रहित हुने बताए सन् १९९१ देखि विश्वव्यापी रुपमा लैङगीक हिंसा विरुद्धको १६ दिने अभियान चलाउने गरिएको हो हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियान चलाइने भएकाले यसलाई १६ दिने अभियान भनिएको हो । यो अभियान झण्डै १६४ देशमा करिब ३७ हजार संघसंस्था मार्फत् गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?