काठमाडौं, ११ मंसिर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले कुनै माध्यम तथा संस्थाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मत सर्वेक्षण गर्नु आचारसंहिताविपरित हुने बताएका छन् आयोगमा सोमबार पत्रकारसँग कुराकानी गर्दैै उनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भइसकेको र दोस्रो चरणको निर्वाचन आउन लागेको सन्दर्भमा त्यसलाई असर पार्ने गरी कुनै पनि मत सर्वेक्षण नगर्न आग्रह गरेका हुन् निर्वाचन आचारसंहिता विपरित गरिने मत सर्वेक्षणबाट स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउने कार्यमा समेत नकारात्मक प्रभाव पर्ने उनको भनाई थियो प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचत आचारसंहिता विपरित कसैले निर्वाचनलाई लिएर मत सर्वेक्षण गरेमा निर्वाचन आचारसंहिता उल्लंघन गरेवापतको कारवाही हुने बताए प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता विपरित गरिने मत सर्वेक्षणलाई सञ्चार माध्यममा स्थान नदिन समेत आम सञ्चार माध्यमहरूलाई आग्रह गरे निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद– २ को ४ (त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया