इण्डोनेसियाको बालीमा ज्वालामुखी विस्फोटको खतरा

एजेन्सी । इण्डोनेसियाका अधिकारीहरुले चर्चित पर्यटकीय टापु बालीमा ज्वालामुखी विस्फोटको खतारा बढ्ने भन्दै उच्च सर्तकतामा राखी त्यहाँको एकमात्र विमानस्थललाई बन्द गराएका छन् इण्डोनेसियाको विपद्सम्बन्धी राष्ट्रिय संस्थाले माउण्ट आगुङ्ग ज्वालामुखीले एकै सातामा दोस्रो पटक धुवा र खरानीहरु निकालिरहेको र ठूलो विस्फोट हुने सक्ने देखिएको जनाएको छ सन् १९६३ मा ज्यालामुखी विस्फोट भएको थियो जसका कारण १६ सय मानिसहरुको मृत्यु भएको थियो त्यहाँका मानिसहरुलाई ज्वालामुखीदेखि १२ किलोमिटर टाढा रहन अधिकारीले भनेका छन् इण्डोनेसियामा पिवद निम्तिन सक्ने खतराका कारण आइतबार स्थानीय समय अनुसार ६ बजेबाट त्यस क्षेत्रमा उच्च सर्तकता बढाइएको थियो उक्त आधिकारीक निकायले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा वक्तव्य लेखेको छ, ‘आगोको ज्वाला राति बढ्दो रुपमा देखिएको थियो, जसले त्यहाँ ठूलो विस्फोट हुन सक्ने सम्भावनाको संकेत गर्छ ।’स्थानीय बासिन्दाहरुलाई त्यहाँ अधिकारीहरुले ज्वालामुखीबाट १० किलोमिटर वरपरको क्षेत्र खाली गर्न पनि आदेश दिएको छ ज्वालामुखीबाट निस्किएको धुँवाको कारण त्यहाँ वरपरका ठाउँहरु र सडक बाक्लो खरानीले ढाकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?