काठमाडौं, ११ मंसिर । नेपालले आइसीसी महिला टी–२० विश्वकपको एसियाली छनोटमा तेस्रो स्थान हात पारेको छ तेस्रो स्थानका लागि भएको प्ले अफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको हो । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको हङकङ १ बल खेल्न बाँकी छँदा ५८ रनमा अलआउट भयो हङकङलाई कम रनमा रोक्ने क्रममा नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन् भने शवनम राई, सीता रानामगर, ऋतु कनौजिया र नेरी थापाले १–१ विकेट हात पारे त्यसअघि थाइल्यान्डको टेडथाई मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा ९४ रन बनाएको थियो नेपालका लागि नेरी थापाले ३४ बलमा ५ चौकाको मदतमा ३८ रन जोडिन् भने करुणा भण्डारीले नटआउट १४ तथा कप्तान रुबिना क्षेत्रीले नटआउट १५ रनको योगदान गरिन् बलिङतर्फ हङकङकी मारिको हिल र मारिना लापलगले २–२ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया