हेलिकोप्टरमार्फत ताप्लेजुङको मतपेटिका सदरमुकाममा ल्याइयो

ताप्लेजुङ, ११ मंसिर । आइतबार ताप्लेजुङको उत्तरी क्षेत्रमा रहेका दुई दुर्गम मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार सदरमुकाम ल्याइएको छ सोमबार बिहान करिब ७ बजे नेपाली सेनाको हेलिकोप्टरले फक्ताङ्लुङ गाउँपालिका–७ मा रहेको ग्याब्ला प्रावि र याङ्मा आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याइएको हो हिजो भएको पहिलो चरणको निर्वाचनमा ग्याब्लामा ४९ मतदाता रहेका थिए भने जम्मा २५ मत मात्र खासेको थियो । साथै, याङ्मामा ५७ मतदाता रहेकोमा जम्माजम्मि १६ मत मात्र खसेको थियो एकै चरणमा ग्याब्ला, याङ्मा, ओलाङ्चुङगाmो र घुन्साको मतपेटिका हेलिकोप्टरबाट ल्याउने प्रयास भएपनि ओलाङचुङगोला र घुन्सामा भने मौसममा आएको खराबीका कारण हेलिकोप्टर जान नसक्दा दुई अहिले दुई स्थानको मात्रै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए मौसनमा सुधार आएपछि ती दुई स्थानको मतपेटिका सदरमुकाम ल्याइने बताइएको छ आइतबार भएको पहिलो चरणको निर्वाचनमा मतदानमा १ सय ३१ मतदाता रहेको घुन्सामा ५९ र २ सय २२ मतदाता रहेको ओलाङ्चुङगोलामा ९४ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?