एजेन्सी । बलिउडकि चर्चित अभिनेत्री दीपिका पादुकोणको मुख्य अभिनय रहेको चलचित्र ‘पद्यावती’ले यतिबेला सकारात्मकभन्दा पनि नकारात्मक विषयमा चर्चा बटुलिरहेको छ राजपुत कार्निक सेना र केही राजनीतिक दलले चलचित्रलाई इतिहासको मर्म विपरीत चलचित्र निर्माण गरेको भन्दै विरोध प्रर्दशन गरेका थिए । उक्त विरोध पछि चलचित्र रिलिज पनि तत्कालको लागि स्थगित गरेको छ । यस चलचित्रसँग जोडेर नायिका दीपिको नाक काट्नेसम्मको धम्की आइरहेको छ चलचित्र निर्देशक संजयलिला भन्सालीलाई समेत ज्यान मार्ने धम्की आइरहेको टेलिभीजन रियालीटी सो ‘बिग बोस’ बाट चर्चामा आएका कारण अभिनेता एजाज खानले आफू दीपिकाको सुरक्षाका लागि बडिगार्ड बन्न तयार रहेको प्रतिक्रिया दिएका छन् । जुन प्रतिक्रिया हिजोआज भाइरल भएको छ उनले कार्निक सेनालाई नारीको रक्ष नगर्ने पागलको संज्ञा समेत दिएका छन् । कार्निंकले दीपिकाको नाक काट्ने चेतावनी दिएको थियो त्यस्तै एजाजले भने, म नायिका दीपिकालाई केही भन्न चाहन्छ, कि उनी मलाई आफ्नो बडिगार्ड राख्नुस्, सुरक्षाको जिम्मा म लिन्छु ।’ साथै उनले उनले धर्म र जातीयताको नाममा हिंसा नमच्चाउन आग्रह गर्नुको साथै निर्देशक सञ्जयलीला भन्सालीको पनि बचाउ गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया