नेपालगन्ज, ११ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा वाम गठबन्धनको पक्षमा आउने बताएका छन् वाम गठबन्धनद्वारा आज यहाँ आयोजित चुनावी सभामा उनले भने, ‘“म मुलुकको जुनजुन ठाउँमा गए, वाम गठबन्धनकै पक्षमा जनलहर उर्लिएको पाएँ, यसले अबको सरकार वाम गठबन्धनको हुने संकेत दिएको छ ।”अध्यक्ष ओलीले वाम गठबन्धनको सरकार बन्यो भने सबै नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेर आर्थिक समृद्धि र विकासको बाटोमा मुलुकलाई अघि बढाइने विश्वास दिलाए “हामी सबै नेपालीको सम्मान र समान आदर गर्छौं, हाम्रो सहअस्तित्वको जगेर्नाबाट मात्र राष्ट्रिय एकता र स्वाभिमानलाई जीवन्त राख्न सकिन्छ”, उनले भने अध्यक्ष ओलीले संविधान निर्माणपछि यसको कार्यान्वयनको बाटो सहज थिएन, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि यसको कार्यान्वयनको मार्ग प्रशस्त हुनेछ र मुलुकलाई स्थिर राजनीतिको मार्गमा हिँडाइने बताए |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया