म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई दिइएको सम्मान फिर्ता

एजेन्सी, १२ मंसिर । प्रजातन्त्रका लागि लामो संघर्ष गरेकी म्यानमारकी नेतृ आङ सान सुकीले रोहिंग्या अल्पसंख्यकमाथि भएको ज्यादतीमा कुनै भूमिका निभाउन नसकेृको भन्दै उनलाई दिइएको ‘फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफर्ड’ सम्मान फिर्ता लिइएको छ स्थानीय काउन्सिलरहरुले म्यानमारका अल्पसंख्यक रोहिंग्यामाथि भइरहेको दमनमा उनले कुनै कदम चाल्न नसकेको बताएका छन् । उनले सन् १९६० को दशकमा त्यहाँ विश्वविद्यालय तहको शिक्षा आर्जन गरेकी थिइन् हिंसा भइरहँदा समेत आँखा चिम्लिएको भन्दै उनीहरुले हिंसाप्रति आँखा चिम्लिनेहरुलाई सम्मान गर्न नसकिने बताएका छन् यसअघि प्रसिद्ध अक्सफर्ड विश्वविद्यालयको सेन्ट ह्युज कलेजले सुकीको तस्वीर कलेजबाट हटाएको थियो । संयुक्त राष्ट्रसंघले समेत म्यानमारको सेनाले रोहिंग्या मुस्लिममाथि नरसंहार गरेको बताएको छ । नोबेल पुरस्कार समेत जितेकी सुकीले भने त्यसुलाई अस्वीकार गर्दै आएकी छन् गत अगस्ट महिनादेखि म्यानमारमा सेनाले चलाएको हिंसात्मक कारबाहीपछि ६ लाख १३ हजारभन्दा बढी रोहिंग्या मुस्लिम भागेर बंगलादेश आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?