रोल्पा लगिएको रुकुमको मतपेटिका फेरि रुकुम नै फर्काइयो

रुकुमकोट, १२ मंसिर । रोल्पाको सदरमुकाम लिवाङ पुर्‍याइएका रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाका ४ मतदानस्थलका १२ मतपेटिका पुनः रुकुम फर्काइएको छ मतदान अधिकृत र कर्मचारीसहित हुकाम मतदानस्थलमा जम्मा पारिएका ती मतपेटिका हेलिकप्टरबाट सदरमुकाम रुकुमकोट ल्याउने तयारी गरिएपनि अँध्यारो भएपछि सोमबार रोल्पाको लिवाङस्थित सेनाको ब्यारेकमा लगिएको थियो रोल्पाको उवाका २ मतदानस्थलको मतपेटिका हेलिकप्टरबाट रोल्पा सदरमुकाम ल्याइएपछि रुकुमका मतपेटिका लिएर हेलिकप्टर रुकुम उडेको हो मतपेटिकासँगै रोल्पा पुगेका मतदान अधिकृत तथा त्यहाँका राजनीतिक दलका प्रतिनिधिलाई मतपेटिकाको सुरक्षार्थ त्यहीं बस्न भनिएको र मंगलबार बिहानै रुकुमकोट लगिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले बताए सडक सञ्जालले नछोएको, विकट र टाढा भएका कारण मतपेटिका हेलिकप्टरबाट ओसारिएको हो । मतपेटिका ल्याइँदै गरेको जानकारी पछि मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी दिनभर हेलिकप्टर कुरेर बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?