एजेन्सी, १२ मंसिर । इण्डोनेसियाको बाली प्रान्तमा रहेको माउन्ट आगुङ्गमा ज्वालामुखी विस्फोटको खतरा कायमै रहेको अधिकारीहरुले जनाएका छन् ज्वालामुखी विस्फोटको खतराका कारण सो द्वीपमा रहेको एक मात्र विमानस्थल दुई दिनदेखि बन्द रहेको छ । विमानस्थल बन्द हुँदा पर्यटकीय क्षेत्र बाली पुगेका पर्यटकहरु प्रभावित बनेका छन् प्रशासनले बाली नजिकै बस्ने एक लाख मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ । यद्यपि हालसम्म ४० हजार मानिसलेमात्रै सो क्षेत्र छाडेको बताइएको छ माउण्ट आगुङ्गबाट हजारौं मिटरको उचाइमा कालो ग्यास, खरानी र धुवाँ निस्किरहेको छ । अधिकारीहरुले यसलाई ज्वालामुखी विस्फोटको खतराको सूचक भएको बताएइका छन् । धुँवा, धुलोका कारण वायुमण्डल समेत प्रदुषित बन्न पुगेपछि स्थानीय गाउँलेलाई मास्क वितरण गरिएको छ ज्वालामुखीको खरानीले हवाईजहाजको इञ्जिनहरुमा असर पुग्न सक्ने भन्दै एयरलाइन्सहरुले सयौं उडान रद्द गरेका छ । ज्वालामुखी विस्फोटको सम्भावित क्षेत्र प्रमुख पर्यटकीय क्षेत्र क्युटा र सेमिनियाकदेखि करिब ७० किलोमिटर टाढा पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया