देउवालाई तनाव हुने गरी आयो प्रचण्डको अभिव्यक्ति

चितवन, १२ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवा र उनको पार्टी नेपाली कांग्रेसले वाम गठबन्धनप्रति आक्रामक अभिव्यक्ति दिइरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि देउवालाई थप तनाव हुने गरी अभिव्यक्ति दिएका छन् । उनले १० गतेको निर्वाचनमा गठबन्धनको पक्षमा दुई तिहाई मत खसेको निश्कर्षमा आफूहरु पुगेको बताएका छन् मंगलबार बिहान चितवनको भरतपुर महानगरपालिका वडा नं २७ पर्साढापमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले मंसिर १० मा भएको निर्वाचनमा बामपन्थीको पक्षमा दुई तिहाइ मत खसेको आफू र एमाले अध्यक्ष केपी ओलीको निष्कर्ष रहेको भन्दै मंसिर २१ मा हुने निर्वाचनमा पनि गठबन्धनका पक्षमा दुई तिहाइ मत खस्ने दावी गरे बाम गठबन्धनका तर्फबाट चितवन निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार समेत रहेका प्रचण्डले सम्बोधनका क्रममा भने ‘केपी ओलीजीसँग आज बिहान मात्रै मेरो आधा घण्टा टेलिफोन कुराकानी भयो, निर्वाचन भएका ३२ जिल्लामा गठबन्धनका पक्षमा दुईतिहाइ मत खसेको छ भन्ने हाम्रो निश्कर्ष छ । बाँकीमा पनि त्यो सम्भव छ ।’संघीय लोकतान्त्रिक गणतन्त्र फेरी पनि दलाल र समन्तहरुकै हुने हो कि भन्ने खतरा रहेका बेला एमालेका केपी ओली र माओवादीका प्रचण्ड अध्यक्ष बन्नु संयोग र सौभाग्य नै मान्नुपर्ने भन्दै दुवै नेता पार्टी एकीकरण गरेर सम्बृद्धि र स्थायीत्वका लागि निर्णय लिइएको प्रचण्डको भनाई थियो प्रचण्डले फुटेका कांग्रेसहरु पनि एक हुन सुझाव दिदै जनतालाई राहत र विकास दिनतर्फ लाग्न आग्रह गरे । पार्टी एकीकरण गर्ने नेपाली जनता र देशको विकासका लागि भएको भन्दै उनले यो निर्वाचनबाट बामपन्थीले बहुमतको सरकार बनाएर ५ बर्ष राम्रो काम गरेपछि ५० बर्ष शासन गर्ने अवसर आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?