काठमाडौं, १३ मंसिर । उदयपुरमा भएको शक्तिशाली बम विस्फोटमा परी नेपाली काँग्रेसका उम्मेदवारसहित ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ उदयपुरगढी नगरपालिका ६ मा भएको शक्तिशाली विस्फोटमा परी उदयपुर क्षेत्र नम्बर २ का काँग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित तीन जना गम्भीर घाइते भएका छन् भने अन्य चार जना सामान्य घाइते भएका छन् कार्की २०७० सालको संविधानसभाको निर्वाचनमा विजयी भएका थिए । बम बिस्फोटमा परी घाइते हुनेमध्ये राजन कार्की, धनमायाँ धौलाकोटी र निरा कटुवालको नाम खुले पनि अन्य तीन जनाको नाम खुल्न सकेको छैन घाइते भएका सबै जना नेपाली काँग्रेसका कार्यकर्ता हुन् । बम विस्फोट लगत्तै उद्धारका लागि प्रहरीको टोली घटनास्थल पुगेको थियो । गम्भीर घाइते उम्मेदवार कार्कीलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई लक्षित गरी बम प्रहार भएपनि कसले बम हान्यो भन्ने खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया