प्योङयाङ, १३ मंसिर । उत्तर कोरियाले शक्तिशाली ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ दक्षिण कोरियाली समाचार संस्था योनहापले उत्तर कोरियाले नाम नखुलेको क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । पछिल्ला साढे २ महिनामा उसले गरेको यो पहिलो क्षेप्यास्त्र परीक्षण हो दक्षिणी प्रान्त प्योङयानको प्योङसोङबाट सो क्षेप्यास्त्र पूर्वतिर गएको जनाइएको छ । यो क्षेप्यास्त्रले कति दूरी पार गर्यो र कुन भागतर्फ गयो भन्नेबारेमा केही खुलाइएको छैन उत्तर कोरियाको आणविक कार्यक्रमबारे तनाव बढिरहँदा उसले जुलाईमा पहिलो अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो यसअघि गत अप्रिल महिनामा पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले प्योङयाङविरुद्ध कडा कदमहरु चाल्नुपर्ने बताए लगत्तै उत्तर कोरियाले एउटा ब्यास्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो विश्लेषकहरुले प्योङयाङले अमेरिकाको मुख्य भूमि समेत भेटने गरी लामो दूरीसम्म मार हान्ने क्षमता भएका क्षेप्यास्त्रहरुको विकास गरिरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया