नेता त्रिपाठीको भोट माग्ने स्टाइलः गाडीमा सवार, हातजोडी नमस्कार, मन्दमन्द मुस्कान

१३ मंसिर – ‘मार मोहर तानके सुरज चिन्ह पहिचान के’ भोजपुरी चुनावी नारा एक गाउँमा गुञ्जिरहेको थियो । घरभित्र रहेका मानिसहरु बाहिर के आयो, हेर्न र सुन्न निस्किन थाले । घरबाट बाहिर निस्केका जनता सुर्य चुनाव चिन्ह भएको ठुलो–साना झण्डा लिएर मान्छेहरुको ठुलै भिडभाड आफँुतर्फ आईरहेको देखे । जनताले नजिकबाट नियाल्दा त सयौं कार्यकर्ताहरुको बिच एक पिकप भ्यामा उभिएर मतदाताहरु संग भोट मागीरहेको नेता ह्देश त्रिपाठीलाई देखे नेता त्रिपाठीका कार्यकर्ताहरु हातमा ठुला साना सुर्य चुनाव चिन्ह भएको झण्डा लिएर भोजपुरी भाषामा ‘मार मोहर तान के सुरज के पहिचान के, ‘जितेगा भाई जितेगा सुरजवाला जितेगा‘ भोजपुरी नारा लगाउदै भ्यान अगाडी अगाडी हिडिरहेका थिए । खचाखच कार्यकर्ताले भरिएको सडक पुरै कभर थियो । कार्यकर्ता पछाडी रहेको भ्यान गाडीमा उभिएका नेता त्रिपाठी मतदाताहरुलाई दुबै हातजोडी नमस्कार गरिै मन्दमन्द मुस्कान दिदै भोट माग्दै गाउँमा हिडिरहेका थिए । त्रिपाठीको गाडी पछाडी सुरक्षाकर्मीको टोली थियो जुन त्रिपाठीको सुरक्षार्थमा खटिएको थियो नेता त्रिपाठीको उक्त घरदैलो कार्यक्रम नवलपरासी जिल्लाको (सुस्ता बर्दघाट पश्चिम) ग्रामिण क्षेत्रको प्रतापपुर गाउँपालिका ५ बसैया गाउँमा थियो । नेता त्रिपाठी जिल्लाको प्रतिनिधि सभा १ को प्रतिनिधि सभा सदस्य (सांसद) पदका उम्मेदवार हुन् । उनी संग उक्त क्षेत्रको प्रदेश सभा २ का उम्मेदवार अजय शाही पनि थिए संयुक्त घरदैलामा हिडेका ति उम्मेदवारहरु सयांै कार्यकर्ताहरुको बिच सचिएको एक बेहुला जस्तै थिए । नेता त्रिपाठीको गाडी गाउँमा विस्तार गुडिरहेको थियो । मतदाताहरु आ–आफनो घरबाट निस्केर नेता त्रिपाठीलाई हात मिलाउन र आशिर्वाद लिने दिने गरे । कतिपय घरका बुढापाखा मतदाताहरु नेता त्रिपाठीलाई चुनाव जितोस् भनि आर्शिवाद दिए एक टोलबाट गाडी विस्तार अर्काे टोलमा पस्यो । गाडीको साईडसाईडमा हिडिरहेका विशेष कार्यकर्ताहरु घर–घरबाट मतदाता छोप्दै नेतालाई चिनाउने र भोट हाल्न भन्ने काम गर्दथ्ये । नेता त्रिपाठी मतदातालाई देखेपछि गाडीबाटै दुबै हातजोडी नमस्कार गरि मन्दमन्द मुस्कान सहित मलाई भोट दिनु होला भनि रहन्थे विस्तारै हिडिरेका कार्यकर्ताहरु नारा लागउदै स्थानिय चानबल लोनियाको घरमा पुगे । चानबल र उनकी श्रीमत आफनो दैलोमा एक पलेटमा हारमाला, किस्मिस र गिलासमा पानी हातमा लिई नेता त्रिपाठीलाई कुरिरहेका थिए । चानबललाई सोध्दा उनले भने, बाबालाई मेरो घरमा स्वागत र पानी पिलाउने मेरो धेरै दिनको धोको थियो आज मौका पाएएको छुँ । नेता त्रिपाठीलाई उक्त क्षेत्रमा बाबा भनेर पनि चिनिन्छ कार्यकर्ताहरुको भिडभाडका नेता त्रिपाठीको गाडी आइपुग्यो चानबलको दैलोमा आई पुग्यो । चानबल र उनकी श्रीमति नेता त्रिपाठीलाई फुलको माला लगाउदै किस्मिस र पानी अगाडी सारे । त्रिपाठी र अर्काे उम्मेदवार शाहीले किस्मिस खाई पानी पनि पिए । पानी पिलाएर चानबलकि श्रीमति नेता त्रिपाठीको खुट्टा छुदै उनको हात आफनो टाउका राखी आर्शिवाद लिईन् । उनी संग भएकि अरु महिलाहरुले पनि त्रिपाठीको खुट्टा छुदै आर्शिवाद लिए पुनः कार्यकर्ता र गाडी अगाडी बढन थाल्यो । त्यहाँबाट १० घर अगाडी फेरि एक स्थानिय युवकले आफनो घरमा नेतालाई पानी पिलाउने र अफनो बुवाको आर्शिवाद दिलाउने भनि नेता त्रिपाठीको गाडी आफनोे आँगमा रोके त्रिपाठी गाडीबाट झरेर उक्त युवकको घरमा आई युवकको बुवा ८५ बर्षिय वृद्ध सुकदेव तिवारीको हात आफनो टाउकोमा राखी आर्शिवाद लिए र बिस्किट, पानी फेरि घरदैलेमा हिडे बसैया गाउँको घरदैलो सकेर टोली छिमेकी गाउँ भैरवपुरमा पस्यो । भैरवपुरगाउँको दलित बस्तीमा गाडी हिडने बाटो नभएकाले नेता त्रिपाठी गाडीबाट झरेर सो बस्तीमा कार्यकर्ताहरु सहित पसे बस्तीमा त्रिपाठीलाई देखेर घरबाट मतदाताहरु बाहिर निस्किी खुट्टा छुई आर्शिवाद लिने कार्य गरे । उक्त बस्तीको घरदैलो गर्दैगर्दा एक वृद्ध महिला त्रिपाठीको आर्शिवाद लिन आईन् । ति बृद्धा महिलाले त्रिपाठी संग भत्ताको सिकायत पनि गरिन् । उनले भनिन्, पहिला ४ महिनामा ८ हजार भत्ता पाईन्थ्यो तर अहिले धेरै समय भईसक्यो पाइएन बाबा किन ? उनले बाबासंग प्रश्न गरिन् बाबा त्रिपाठीले ति वृद्ध महिलालाई सम्झाउदै भने, अब बृद्धभत्ता यही स्थानिय तहबाट पाईन्छ , के गरे म बुभ्mछुँ । हामी अहिले सरकारमा छैनांै अबको बन्ने बाम गठबन्धनको सरकारले सबैको बृद्धभत्ता मासिक ५ हजार बनाउने आश्वासन दिए । नेता त्रिपाठी घरदैलो गर्दा यस बाहेक कुनै मतदातालाई कुनै प्रकारको आश्वासन बाँडेनन् । भैरवपुरको घरदैलो सकेपछि त्रिपाठी आफनो कार्यकर्ताहरु सहित बसैयामा आयोजित कोणसभामा पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?