निर्वाचनका क्रममा ४ कर्मचारीले यसरी गुमाए ज्यान

काठमाडौं, १३ मङ्सिर- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको क्रममा खटिएका ४ जनाको मृत्यु भएको निर्वाचन आयोगले जनाएको छ आयोगले शिक्षक टंक गौतम, कार्यालय सहयोगी लेखनाथ निउरे, म्यादी प्रहरी विनोद चौधरी र मतदाता शिक्षा कार्यकर्ता आनन्द गुरुङको मृत्यु भएकोमा दुःख प्रकट गरेको छ आयोगका अनुसार रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका सिद्धेश्वर मावि मतदान केन्द्रमा खटिएका निमावि शिक्षक टंक गौतम निर्वाचनपश्चात् घर फर्किने क्रममा बाटोमा नै मृत अवस्थामा फेला परेका थिए मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका वडा नम्बर २ छोसेरस्थित दिव्यदीप मावि छोसेर मतदान स्थलमा खटिएका कार्यालय सहयोगी लेखनाथ निउरेको मंसिर १२ गते बिहान निधन भएको आयोगले जनाएको छ । उनी मतपेटिकासहित जोमसोम आउँदा अचानक बिरामी भई जोमसोम अस्पतालमा सामान्य उपचार पश्चात् फिर्ता भएकोमा १२ गते बिहान पुनः बिरामी भई अस्पताल ल्याउँदा मृत घोषणा गरिएको जानकारी प्राप्त भएको आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ यस्तै दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ तुलसी बोर्डिङ स्कुल नजिकको चोकमा अज्ञात समूहले विस्फोट गराउँदा सोही नगरपालिका वडा नं. १८ बस्ने २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारको क्रममा गएराती २मृत्यु भएको पनि विज्ञप्तिमा उल्लेख छ यसैगरी संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं. ८ मावादिन बस्ने मतदाता शिक्षा कार्यकर्ता (जिल्ला समन्वय समितिका सामाजिक परिचालक) आनन्द गुरुङको पनि मंसिर ८ गते सरस्वती मावि मतदान स्थलबाट फर्कने क्रममा अचानक लडेर बेहोश भएपछि स्थानीय स्तरमा प्राथमिक उपचार गर्दा गर्दै निधन भएको पनि आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?