उत्तर कोरियासँग कुटनीतिक र व्यापार सम्बन्ध विच्छेद गर्न अमेरिकाको आग्रह

एजेन्सी । उत्तर कोरियासँग कुटनीतिक र व्यापार सम्बन्ध विच्छेद गर्न अमेरिकाले सबै मुलुकसँग आग्रह गरेको छ अमेरिकी राजदूत निक्की हेलीले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा बोल्दै राष्ट्रपति ट्रम्पले उन्का चिनियाँ समकक्षीलाई प्योङयाङलाई तेल पठाउन बन्द गर्न भनेको बताइन् अमेरिकाले कुनै पनि प्रकारको द्वन्द नचाहेको तर युद्ध गर्नुपर्ने भयो भने उत्तर कोरिया नराम्ररी ध्वस्त हुने राजदूत निक्कीले बताइन् त्यस्तै, दुई महिनापछि प्योङयाङले फेरी क्षेप्यास्त्र परिक्षण गरेपछि अमेरिकाको पछिल्लो चेतावनी आएको हो साथै, उत्तर कोरियाले बुधबार परिक्षण गरेको क्षेप्यास्त्र ४,४७५ किलोमिटर उचाइमा पुगेको जानकारी दिएको छ । जुन इन्टरन्याशनल स्पेस स्टेशनकाभन्दा दश गुणा माथि हो र त्यसको टुप्पो पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्न सक्ने क्षकताको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?