एजेन्सी, १४ मंसिर । बोस्नियाली क्रोयट युद्ध अपराधी ७२ वर्षीय स्लोबोदान प्राल्याकको अदालतमा नै बिष सेवन गरेपछि मृत्यु भएको छ उनले हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा नै बिष सेवन गरेर मृत्यु भएपछि अदालतले इजलास कक्ष उसकै शब्दमा ‘अपराध स्थल’ बनेको बताएको छ युद्ध अपराधको आरोपमा उनलाई २० वर्षको जेल सजाय कायम राख्ने फैसला आएपछि उनले इजलास कक्षमा नै विष पिएका थिए । न्यायधीसबाट आफूमाथिको सजाय कायम रहने फैसला सुनेपछि क्रोयट फौजका पूर्व कमाण्डर प्राल्याकले आफू अपराधी नभएको भन्दै सानो सिसीबाट बिष निकालेर पिएका थिए सन् २०१३ मा उनलाई सन् १९९२–९५ सम्म भएको बोस्नियाली युद्धका बेला मोस्टर शहरमा गरिएका अपराधका लागि जेल सजाय तोकिएको थियो प्राल्याक पूर्व युगोस्लाभिया सम्बद्ध मुद्दामा अन्तर्राष्ट्रिय अदालत सामु ल्याइएका ६ जना पूर्व बोस्नियाली क्रोयट राजनीतिक र सैनिक नेतामध्ये एक थिए । उनीहरुमाथि लागेको मुद्दाको अन्तिम पुनरावेदन सुनुवाईका लागि अदालतमा उपस्थित गराइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया