चितवन, १४ मंसिर । नेकपा (माओवादीे केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा विकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको बताएका छन् चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले पत्रकारसँग कुराकानी गर्दै जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने बताए तपाईँलाई जनताले विश्वास गर्ने आधार के छ भन्ने प्रश्नमा उनले भने, ‘मलाई विश्वास गर्नुस, राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा मेरो पहुँच छ, जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने छु ।’समाजवादले जनतालाई के दिन्छ भन्ने अर्को प्रश्नमा उनको जवाफ थियो, ‘हामी समाजवादको लक्ष्यमा पुग्न चाहेका छौं, त्यसका लागि देशमा विकासनिर्माण र आर्थिक वृद्धि हुन जरुरी छ ।’ पूर्वप्रधानमन्त्री दाहालले अब बन्ने वाम गठबन्धनको सरकारले विकासनिर्माण र आर्थिक वृद्धि गर्ने जिकिर गरे वाम गठबन्धनले लोकतन्त्रलाई सुदृढ गर्ने बताउँदै उनले भने, ‘हामीले लोकतन्त्र मास्न लागेका छैनांैं बरु थप सुदृढ गर्न खोजेका छौं ।’ पूर्व राजाका सम्बन्धमा कुनै टिप्पणी गर्न नचाहेको बताउँदै उनले निर्वाचनपछि प्रमुख कार्यकारीको विषय उठान हुने जानकारी दिए घरदैलो अभियानका क्रममा जनताले तपाईँसँग के मागे भन्ने प्रश्नमा दाहालले भने, ‘जनताले विकास र संमृृद्धि मात्रै चाहेका छन्, त्यसमा पनि सडक, बिजुली र खानेपानी रहेछ ।’ क्षेत्र नं ३ का जनताले नदी तटबन्धन र वन्यजन्तुबाट सुरक्षाको माग गरेको पनि उनले बताए अर्को एक प्रश्नमा उनले बदलिँदो परिवेश र जनताको तीव्र आकांक्षामा आफूहरुले चाहेजस्तो काम गर्न नसकेकाले पनि आफूले जनताको खास अपेक्षा के हो भनेर बुझ्नका लागि घरघरमा पुगेको बताए छोरा प्रकाशको निधनले आफूमा रिक्तता महसुस नबनाउन र पीडालाई भुल्नका लागि बिहानमा पैदलयात्रा गर्दै घरदैलो गरेर जनतासँग भेटघाट गर्दै गरेका दाहालले भने, ‘मलाई पीडा र रिक्तता महसुस भएको छ, आम चितवनवासीको साथबाट यसलाई भुल्नेछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया