काठमाडौं । हरेक हप्ताको शुक्रबार प्रदर्शन गर्न हानाथाप गर्ने निर्माताहरु यो हप्ताको शुक्रबार भने मौन सबेका छन् । किनकि, यो हप्ताको शुक्रबार कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएको छैन् यहि मंसिर १ गतेबाट प्रदर्शनमा आएको सौगात मल्ल र बेनिशा हमालद्वारा अभिनित नेपाली चलचित्र झ्यानाकुटी बाहेक अरु कुनै पनि नयाँ नाम सुनिएको छैन यहि मंसिर १० गते पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण गएको हप्ता कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा नआउँदा झ्यानाकुटीले केही हदसम्म राहत मशसुस गरेको छ त्यस्तै, नामै नसुनियको चलचित्र ‘जुन त लाग्यो ताराले’ नामक चलचित्र गएको हप्ता मध्यक्ष वर्गिय दर्शकलाई लक्षित गर्दै प्रदर्शनमा आएको थियो । तर, यो चलचित्रले दर्शकको अनुहार नै देख्न पाएन अब यहि मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण यो हप्ता पनि कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएनन् । नेपाली चलचित्रमात्र होइन बलिउडका पनि कुनै चलचित्र नेपाली सेनामा घरहरुमा लागेको छैनन् यही मौकाको फाइदा सौगात मल्ल र प्रियंका कार्कीद्वारा अभिनित चलचित्र फाटेको जुत्ताले उठाएको छ यो फिल्मलाई शुक्रवारबाट क्यूएफएक्सले २ शो उपलब्ध गराएको छ । राजधानीको कुमारी हलमा आजबाट पुनः फाटेको जुत्ता प्रदर्शनमा आएको छ । निर्माता अर्जुन कुमारले पहिलो हप्तामै फिल्म हिट भएको भन्दै सिक्वेलको समेत घोषणा गरिसकेका छन् निर्वाचनको प्रत्यक्ष असर यतिबेला नेपाली चलचित्रको रिलिज र व्यापारमाथी परेको छ । निर्वाचन सकिए लगत्तै भने मंसिर २९ गते ‘सुपर गोर्खे’ र ‘माई लभ’ नामक नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ यस्तै, पुषको पहिलो हप्ता बलिउडका चर्चित नायक सलमान खानद्वारा अभिनीत चलचित्र ‘टाइगर जिन्दा हे’ले नेपाली सेनेमा हलहरुमा एकल प्रदर्शनको मौका पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया