वासिंगटन, १६ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले रुससँगको आफ्नो सम्पर्कबारे संघीय छानबिन निकाय (एफबीआई) सँग झुटो बोलेको स्वीकार गरेका छन् उनले अमेरिकाका लागि रुसी राजदूतसँग गरेको संवादबारे आफूले झुटो बोलेको स्वीकार गरेका हुन् वाशिंगटन डिसीस्थित संघीय अदालतमा उपस्थित हुँदै फ्लिनले आफूले जानाजान ‘झुटो, कपोलकल्पित र धोकाधडीपूर्ण’ अभिव्यक्ति दिएको स्वीकार गरे । फ्लिनले अदालती सुनुवाइको सामना गर्न नपर्ने न्यायाधीशले बताएका छन् अदालतमा बयान दिएपछि जारी गरेको एउटा वक्तव्यमा फ्लिनले भनेका छन्, ‘मैले पहिला गरेको काम गलत थियो भन्ने कुरा अदालतमा स्वीकार गरेँ र ईश्वरमा आस्था राख्दै अब त्यसलाई सच्याउन लागिपरेको छु ।’अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार फ्लिनले ट्रम्पका ज्वाइँ जारेड कुश्नरसहित राष्ट्रपतिका संक्रमणकालीन समूहका वरिष्ठ सदस्यहरुले रुसीहरुसँग सम्पर्क गर्न निर्देशन दिएको भन्ने बयान दिने तयारी गरेका छन् फ्लिनले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले गरेको भनिएको हस्तक्षेपबारेको अनुसन्धानमा आफूले सघाउने बताएका छन् ह्वाइट हाउसले भनेको छ, ‘फ्लिनले अरु कसैलाई नभई आफैँलाई फसाएका छन् ।’ट्रम्पको चुनावी अभियान र मस्कोबीच भएको भनिएको साठगाँठलाई लिएर छानबिनमा परेका फ्लिन ट्रम्प प्रशासनका पहिलो पूर्व वरिष्ठ सदस्य हुन् गत फेब्रुअरीमा ह्वाइट हाउसका प्रवक्ताले राष्ट्रपति डोनल्ड ट्रम्प फ्लिनले रुसी अधिकारीसँग गरेको टेलिफोन वार्ताका कुरा लुकाएको बारे जानकार रहेको बताएका थिए । उनले कानून उल्लंघन गरेको कारणले नभई विश्वास गुमाएका कारण राष्ट्रपतिले फ्लिनको राजीनामा मागेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया