दुई उपशाखा सहित चार स्थानमा ज्योति लाईफ इन्स्योरेन्सको शाखा विस्तार

मोरङ, १६ मंसिर । पूर्वाञ्चल क्षेत्रको औद्योगिक नगर विराटनगरमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले क्षेत्रिय कार्यालय स्थापना गरी सो कार्यालय अन्तर्गत इटहरी, धरान, इलाम र विर्तामोडमा शाखा कार्यालय तथा धनकुटा र दमकमा उपशाखा सञ्चालनमा ल्याएको छ क्षेत्रिय शाखा कार्यालय विराटनगरसबाट ती शाखाहरु उद्घाटन गरिएको हो । सो कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष पशुपति मुरारकाले कम्पानीले स्थापनाको छोटो समयमा नै ७ ओटा शाखाहरुसमेत सञ्चालनमा ल्याउँदै अहिले जम्मा २३ वटा सेवा प्रदान गर्न सफल भएको बताए कम्पनीले मृत्यु पश्चात मात्र जीवन विमाको रकम पाइने आम बुझाइलाई परिवर्तन गर्ने साथै घातक रोगको उपचारमा सहेत सहयोगि बन्ने उद्देश्य साथ विभिन्न ११ वटा मध्ये घातक रोगको उपचारका लागि १० लाख सम्मको अतिरिक्त सुविधा सहितको योजना समेत बिमितले सहभागि हुन नपाउने गरी हाल ५ वटा जीवन विमा योजना जारी गरि सेवा सञ्चालन गरिरहेको बताइएको छ त्यस्तै, विमाको सेवा तथा योजनामा सहजता साथै सहभागि गराउने लगायत भावि योजनाका बारेमा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रा खत्रिले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?