काठमाडौँ, १६ मंसिर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान निर्माणको नेतृत्व गरेको पार्टीले नै समृद्धिको नेतृत्व गर्ने बताए प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले काँग्रेसको नेतृत्वमा मुलुकले समृद्धि पाउने बताएका छन् “चार जना कम्युनिष्ट सरकारले बनाउन नसकेको संविधान काँग्रेसको नेतृत्वमा निर्माण भयो, अब समृद्धिको अभियान पनि काँग्रेसकै नेतृत्वमा हुन्छ,”– उनले भने नेता सिंहले कम्युनिष्टमा धेरै बोल्ने तर काम नगर्ने बानी रहेको बताउनुभयो । मुलुकको विकासका लागि अरु पार्टीसँग काँग्रेसको तुलना गर्न नमिल्ने उहाँको भनाइ थियो पूर्व उपप्रधानमन्त्री सिंहले अवसर पाउँदा काम नगर्ने अनि अर्काले गर्न लागेको काम बिगार्ने कम्युनिष्टको चरित्र भएको बताए । “अरुण तेस्रो जलविद्युत् आयोजना कुन दलका कारण रोकिएको हो,”– उनले प्रश्न गरे काँग्रेसका पूर्वमहामन्त्री सिंहले काठमाडौँको विकासमा आफूले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् उनले काठमाडौँ क्षेत्र नं १ को विकासमा गर्न बाँकी रहेका कुरालाई पूरा गरेर नमूना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया