एजेन्सी । इङ्गेजमेण्ट गरेको केही दिनपछि मात्रै बेलायतका राजकुमार ह्यारी र उनकी अमेरिकी अहिला साथी मेघान मर्केलले शुक्रबार पहिलो औपचारिक शाही भ्रमण गरेका छन् उनीहरुले रमाइलो स्वागत भोजसहित शुक्रबार बेलायती शहर नोटिङघमको भ्रमण गरेको बताइएको छ बेलायती महारानी एलिजावेथका नाती ह्यारीले अमेरिकी नायिकासमेत रहेकी मर्केलसँग केही महिना अगाडी देखि प्रेम सम्बन्ध गासिएको थियो राजकुमार ह्यारीको जोडीले नोटिङघममा विश्व एड्स दिवसको अवसर पारेर आयोजना गरिएको मेलाको पनि अवलोकन गरेका थिए उनले एचआईभी एड्स विरुद्धका अभियनमा लागिरहेका अभियन्ताहरुलाई पनि भेटेर हौसाला प्रदान गरेका थिए उनका समर्थकहरुले बेलाबेलामा ह्यारी र मेघानको सम्मानमा स्वरुप नारा गलाएका थिए । राजकुमार ह्यारी र अमेरिकी नायिका मेघानले अर्को वर्ष विवाह गर्ने तयारी थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया