काठमाडौँ, १६ मंसिर – काठमाडौँ निर्वाचन क्षेत्र नं ९ संयुक्त वाम गठबन्धनले निर्वाचनको सशक्त प्रचार तथा मतदान शिक्षा अभियानअन्तर्गत आज करिब पाँच किलोमिटर पदयात्रा सम्पन्न गरेको छ काठमाडौँको लगन टोलबाट शुरु भएको उक्त यात्रा ९ नं क्षेत्रका जैशीदेवल, नयाँ सडक, प्युखा, ब्रह्मटोललगायत सम्पूर्ण भित्री शहरको जनतासँग भेटघाट तथा मतदातालाई चुनावमा मतदान गर्नेबारे जानकारी गराइएको थियो सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठ तथा प्रदेशसभा उम्मेदवार डा अजयक्रान्ति शाक्य र केशवप्रसाद पोखरेलको सहभागितामा गठबन्धनका नेता तथा कार्यकर्ताले नगर परिक्रमा थिए प्रतिनिधिसभाका उम्मेदवार नेता श्रेष्ठले चन्द्रागिरि डाँडामा पर्यटन क्षेत्रको विकासका लागि भ्यूटावर निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ उहाँले त्यस स्थानबाट काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रमा प्राकृतिक सौन्दर्यताका साथै नुवाकोट, रसुवालगायत स्थान हेर्न सकिने र पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभयो स्थानीय इन्द्र दहलाई व्यवस्थित गरी यहाँको धार्मिक महत्वलाई देश विदेशमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले स्थानीय विकाससम्बन्धी परियोजनामा स्वदेशी पूँजी परिचालन गरी स्थानीयलाई अधिकतम लाभान्वित गरिने जानकारी गराउनुभयो नेता श्रेष्ठले बलम्बु, दहचोक, नयाँ नैकाप, तीनथानामा हरियाली पार्कसहितको शहर विकास गर्न सकिने आफ्नो योजना रहेको बताउँदै त्यस कार्यबाट ठूलो रोजगार सिर्जना हुने र व्यवस्थित एकीकृत बस्ती विकासका सम्भावनालाई प्राथमिकतामा राख्ने जानकारी गराउनुभयो प्रदेश नं (क) का उम्मेदवार शाक्यले पिउने पानी तथा ढल व्यवस्थापनको समस्याको उचित समाधान खोजिने बताउनुभयो । प्रदेश नं (ख) का उम्मेदवार पोखरेलले थानकोटदेखि कलंकी सडक विस्तार र स्तरोन्नति कार्य समयमै सम्पन्न गर्न आफूले भूूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैबीच संयुक्त वाम गठबन्धनले नैकाप भञ्ज्याङमा घरदैलो आयोजना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया