राज्यमन्त्री रेशमबहादुर लामालाई पदमुक्त गर्न सिफारिश

काठमाडौँ, १६ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पदमुक्त गर्न सिफारिश गरेको छ प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले पठाएको पत्रमा राज्यमन्त्री लामाले पार्टी हितविपरीत तथा लोकतान्त्रिक गठबन्धनलाई आघात पु¥याउने कार्य गरेको जनाउँदै पदमुक्त गर्न सिफारिश गरिएको उल्लेख छ उद्योग राज्यमन्त्री लामालाई पार्टीको महामन्त्री पदबाट समेत निष्काशन गरेको उक्त पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?