संघीय समाजवादीका कार्यकर्ता चढेको भारतीय जिप खोलामा खस्यो, चालकको मृत्यु

रौतहट, १७ मंसिर । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको भारतीय नम्बर प्लेटको जिप रौतहटमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ रौतहटको बौधीमाई नगरपालिकास्थित भकुवा खोलामा बीआर ०१ पिभी ३९३३ नम्बरको जिप खस्दा चालक भारतको बिहार मोतिहारीका ४० वर्षीय गोपालराय यादवको मृत्यु भएको हो भने अन्य ६ जना घाइते भएका छन् रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरन साहको घरदैलो कार्यक्रम गरेर फर्कदै गर्दा जिप दुर्घटनामा भएको हो घाइते मध्ये चार जनाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ भने दुई जनाको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?