यसकारण रोए इशाई धर्मगुरु पोप फ्रान्सिस

भ्याटिकन, १७ मंसिर । पोप फ्रान्सिस बंगलादेशमा रोहिंग्या मुस्लिम शरणार्थीको दुर्दशाको कहानी सुनेर आँशु झारेका थिए । भ्याटिकनमा उनले रोहिंग्यासँगको कुराकानी म्यानमार र बंगलादेशको भ्रमणको एक उद्देश्य भएको बताएका छन् पोपको रोहिंग्यासँगको कुराकानी म्यानमारमा हिंसाका कारण भागिरहेका मुस्लिम अल्पसंख्यक रोहिंग्यासँग सहानुभूति जनाउने सूचक थियो र फ्रान्सिसले रोम फर्किने समयमा विमानमा पत्रकारसँग आफू हिड्दा शरणार्थी पनि रोहिरकेको देखेको बताए विमानमा पत्रकारसँगको कुराकानीका क्रममा फ्रान्सिसले भने, ‘मलाई थाहा थियो कि म रोहिंग्यासँग कुराकानी गर्नेछु, तर कहाँ र कसरी भन्ने थाहा थिएन ।’म्यानमार भ्रमणका क्रममा उनले सार्वजनिक रुपमा रोहिंग्या शब्दको उच्चारण नगरेपनि बंगलादेशमा आएर रोहिंग्या शिविरमा एक समूहसँग कुराकानीका साथै सम्बोधन समेत गरेका थिए यात्रा अनुभवका बारेमा उनले भने, ‘बंगलादेशले उनीहरुका लागि धेरै गरेको छ, यो स्वागत गर्नुको उदाहरण हो ।’ पोपले भने, ‘म पनि रोए, मैले आँशु लुकाउने कोशिस गरे ।’पोपले रोहिंग्यासँग भने, ‘जसले तपाईहरुलाई सतायो, तपाईहरुमाथि नोक्सान पु¥यायो र संसारको उदासिनतालाई लिएर माफी दिनुहोस् भन्न चाहन्छु ।’ पोपले ढाकास्थित भ्याटिकन दूतावासमा प्रधानमन्त्री शेख हसिनासँग कुराकानी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?