लजमा तीन दिनदेखि एक पुरुषसँग बसेकी एक महिलाको शब भेटियो

मलंगवा, १७ मंसिर । सर्लाहीको मलंगवामा एउटा लजमा तीन दिनदेखि बस्दै आएकी महिलाको शब भेटिएको छ बागमती नगरपालिका–४ घर भई हाल काठमाडौं, टोखा बस्ने ३२ वर्षीया कल्पना श्रेष्ठ सुवेदी आइतबार बिहान मलंगवाको सिम्रिक लजको कोठा नं २०५ मा मृत अवस्थामा भेटिएकी हुन् उनी तीन दिनदेखि सोही लजमा एक २४ वर्षीया पुरुषलाई श्रीमान भनेर बस्दै आएकी थिईन् । सुवेदी मृत अवस्थामा भेटिएपछि उनीसँगै बसेका ती पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ महिलाको मृत्यु कसरी भयो भन्नेबारेमा केही पनि खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?