धादिङ, १८ मंसिर । धुनिबँेसी नगरपालिका–६ चालिसेमा आज भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको बा३ख ७४०७ नं को टिपर पल्टिँदा गल्छी गाउँपालिका–६ बैरनीका २८ वर्षीय सहचालक राजेश विकको मृत्यु भएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए विकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो । सो घटनामा चितवनको खुरखुरे–११ घर भएका टिपर चालक ३५ वर्षीय राजेश लामा घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया